२०८२ भदौ ५, बिहिवार , ०८:०४:३४ बजे

Sajhamanch
'

झापामा ग्यास लिक भएर आगलागीमा परी घाइते वृद्धाको मृत्यु

बिहिवार, भदौ ५, २०८२

झापा । झापाको कनकाईमा ग्यास लिक भएर आगलागीमा परी घाइते भएकी वृद्धा उपचारको मृत्यु भएको छ । आज बिहान ८१ वर्षीया बाटुलीमाया दाहालको घरैमा मृत्यु भएको हो । बिर्तामोडको चारपानेस्थित छोराको घरमा राखिएकोमा अवस्थामा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

गत साउन २२ गते बिहान अन्दाजी ७ः१५ बजे ताप्लेजुङ घर भई कनकाई-३ सुरुङ्गा बस्ने ध्रुव श्रेष्ठको तीनतले घरको दोस्रो तलामा एउटा कोठामा डेरा गरी बस्दै आएकी दाहालले खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर लिक भई आगलागी भएको थियो ।आगलागीबाट उनको शरीरको विभिन्न भाग डढेको थियो ।

उनलाई कनकाई नगर अस्पताल सुरुङ्गामा सामान्य उपचारपश्चात् थप उपचारको लागि काठमाडौँ लगिएको थियो । त्यहाँ उपचार गराएर उनलाई घर ल्याइएको थियो ।

सम्बन्धित खबर