२०८२ भदौ ३, मङ्गलवार , ०६:०८:२३ बजे

Sajhamanch
'

शेयर बजार आज पनि बढ्यो, कारोबार रकम घटेर साढे ५ अर्ब रुपैयाँमा सीमित

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । हिजो ९ अङ्कले बढेको शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५१ अङ्कले बढेर २ हजार ७७६ दशमलव ९० विन्दुमा पुगेको छ ।

आज शेयर बजारका सबै सूचक बढेको छ । यस्तै १४२ वटा कम्पनीको शेयर बढ्दा १०७ वटाको भने घटेको छ ।

आज सान्भी इनर्जी लिमिटेडको शेयर झन्डै ७ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन नारायणी विकास बैंकको शेयर भने ६ दशमलव १४ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब १७ करोडको कारोबार भएकोमा आज ३१६ वटा कम्पनीका १ करोड ३१ लाख कित्ता शेयर ५ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ ।

मङ्गलवार, भदौ ३, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर