२०८२ भदौ ३, मङ्गलवार , ०५:०४:१३ बजे

Sajhamanch
'

मोरङमा खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

मङ्गलवार, भदौ ३, २०८२

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ सय ग्राम लागूऔषध (खैरो हिरोइन) बरामद भएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले सो मात्रामा खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको गौतमपुरी बदरपुर फेस–१ दिल्लीका ४३ वर्षीय सगीर नाम गरेका व्यक्ति रहेको ब्युरोका सई बालकृष्ण सन्जेलले जानकारी दिनुभयो ।

उनको साथबाट उनको भारतीय आधार कार्ड पनि बरामद भएको प्रहरीले जनाएको छ ।

मङ्गलवार, भदौ ३, २०८२ | अपराध, समाज