
काठमाडौं । सुनको भाउ आज तोलामा एकैदिन एक हजार २०० रुपैयाँले घटेका छ । सुन आज तोलामा एक हजार २०० रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार ३०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घटेर तोलाको दुई हजार ३०० रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३१५ रपैयाँ रहेको थियो ।