२०८२ भदौ १, आइतवार , १२:३८:०१ बजे

Sajhamanch
'

ज्याकेटको टोपीभित्र ब्राउनसुगर, काँकडभिट्टामा दुई जना पक्राउ

आइतवार, भदौ १, २०८२

झापा । झापामा लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका २ बस्ने २४ वर्षीय रामहरि सिलवाल र सोही ठाउँ बस्ने २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन्

शनिवार दिउँसो ४ बजे मेचीनगर ६ पुरानो मेची पुल अगाडीको सडक खण्डमा पानीटंकीबाट काँकडभिट्टातर्फ सिटी सफारीमा आइरहेका उनीहरूलाई शङ्का लागेर शरीर तलासी लिँदा रामहरि सिलवालले लगाएको ज्याकेटको टोपीभित्र प्लास्टिकको पोका पारेको वस्तु खोली हेर्दा प्लास्टिकसहित ३४ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । लागू औषधसहित उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

सम्बन्धित खबर