२०८२ भदौ १, आइतवार , १२:३७:३४ बजे

Sajhamanch
'

मेचीनगरमा आगलागी, राजवंशीको घर जलेर नष्ट

आइतवार, भदौ १, २०८२

झापा । झापाको मेचीनगरमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । शनिवार साँझ ७ः५५ बजे मेचीनगर– ७ मदन बस्ती बस्ने ५० वर्षीय विश्व राजवंशीको फुसको छानो र टाँटी बेरा भएको एकतले घरमा अचानक आगलागी भएको हो ।

आगलागीबाट घरको एउटा कोठा,कोठाभित्र रहेको अन्नपात,भाडाबर्तन ,लत्ताकपडा , आधा तोला सुनको मङ्गलसूत्र, चाँदी २ तोला, नगद ३५ हजार जलेर नष्ट हुँदा जम्मा २ लाख ३० हजार बराबरको क्षति भएको छ ।

अस्थायी प्रहरी पोस्ट इटाभट्टाबाट गएको टोली , मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा राति ८ः४५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर