२०८२ साउन २७, मङ्गलवार , १२:०९:२१ बजे

Sajhamanch
'

राससको महाप्रबन्धकमा राई

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा सन्दीप राईलाई सरकारले चयन गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले राईलाई चार वर्षे कार्यकालका लागि महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धा आह्वान गर्दा २५ जनाको आवेदन परेको थियो । एकजनाले प्रतिस्पर्धामा सहभागिता नजनाएको र तीमध्येबाट तीनवटा नाम मन्त्री गुरुङले मन्त्रिपरिषदमा पेश गरेको बताइएको छ । राईलाई महाप्रवन्धक नियुक्त गरिएको सम्बन्धी औपचारिक जानकारी सार्वजनिक भएको छैन ।

दुई दशकदेखि पत्रकारितामा रहेका राई प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य हुनुुहुन्छ । २०७७ सालमा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङको प्रेस संयोजक रहेका उनले पूर्वाञ्चल विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारितामा स्नात्तकोत्तर गरेको जनाइएको छ ।

सम्बन्धित खबर