२०८२ साउन १२, सोमवार , ०९:५८:२२ बजे

Sajhamanch
'

झापामा स्कोरपियो गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

सोमवार, साउन १२, २०८२

झापा । झापाको मेचीनगरस्थित सहरेडाँगीमा स्कोरपियो गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ साढे ७ बजे मेचीनगर नगरपालिका–१२ सहरेडाँगीस्थित मेची राजमार्गमा इलामबाट चारआलीतर्फ आउँदै गरेको मे. १ च. ६१३१ नम्बरको स्कोरपियोले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

नाम थर वतन नखुलेका अन्दाजी वर्ष ४५–४६ का गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारको लागि बीएण्डसी अस्पताल ल्याइ पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

यता पैदल यात्रीलाई ठक्कर दिएर भागेका स्कोरपियो र त्यसका चालक हल्दिबारी गाउँपालिका–१ का ४८ वर्षीय गजेन्द्रबहादुर बिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर