२०८२ साउन ११, आइतवार , १०:०५:४० बजे

Sajhamanch
'

लागूऔषध कारोबारी समात्न भद्रपुरमा प्रहरीले चलायो गोली

शनिवार, साउन १०, २०८२

भद्रपुर । प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंको टोलीले गोली चलाएर एकजना लागूऔषध कारोबारीलाई समातेको हो ।

ब्यूरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार, लागूऔषध कारोबारी नेपालतर्फ प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ को भित्री सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका ३६ वर्षीय मोहम्मदर इस्लामलाई फेला पारेको थियो ।

त्यसक्रममा प्रहरीलाई उल्टै आक्रमण गरेर भाग्न खोज्ने क्रममा निजलाई नियन्त्रणमा लिन दुई राउण्ड गोली प्रहार भएको कोइरालाले बताउनु भयो ।

घटनामा इस्लामको घुँडामुनि गोली लागेको कोइरालाको भनाइ छ । घटनास्थल नजिकै रहेको प्रादेशिक अस्पताल भद्रपुरमा इस्लामको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, इस्लामको साथबाट खैरो हेरोइन अन्दाजी १२० ग्राम फेला परेको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर