२०८२ साउन ६, मङ्गलवार , १०:०६:३२ बजे

Sajhamanch
'

श्रमिक हितकोषमार्फत् बिर्तामोड नगरपालिकाले दुई जनालाई आर्थिक सहायता प्रदान

मङ्गलवार, साउन ६, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाले दुई जना विपन्नलाई आर्थिक सहायता प्रदान गरेको छ।

नगरप्रमुख तथा श्रमिक हितकोषका अध्यक्ष पवित्रा महतारा प्रसाईले एक संक्षिप्त कार्यक्रमका बीच सहायता रकम हस्तान्तरण गर्नुभएको हो ।

मुटुको शल्यक्रिया गराएका शिव नारायण चौधरीलाई ५० हजार रुपैयाँ र स्व. धरम चन्द राजवंसीकी श्रीमती कचनकवल–१ निवासी गीता राजवंसीलाई ५ हजार रुपैयाँ प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले आर्थिक अवस्था कमजोर भएका श्रमिक र उनीहरूको परिवारका लागि श्रमिक हितकोष प्रभावकारी रहेको बताउनुभयो ।

सहायता वितरण कार्यक्रममा कोषका उपाध्यक्ष यज्ञप्रताप अधिकारी, सचिव होमनाथ महराई, सदस्य अम्बिरकुमार लिङ्देन लगायतको सहभागिता थियो।

बिर्तामोड नगरपालिकाले श्रमिक हितकोषमा सूचीकृत श्रमिकहरूलाई स्वास्थ्य समस्याका बेला आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

सम्बन्धित खबर