२०८२ साउन २, शुक्रवार , ०१:४९:०७ बजे

Sajhamanch
'

मोरङमा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

शुक्रवार, साउन २, २०८२

काठमाडौं । मोरङमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कार आरोपमा सुन्दरहरैंचा नगरपालिका–७ नयाँबस्ती टोल बस्ने ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बालकृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका युवकमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

शुक्रवार, साउन २, २०८२ | अपराध, समाज

सम्बन्धित खबर