
झापा । झापाको अर्जुनधारामा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । गएराति ११ः४५ बजे अर्जुनधारा– २ लाप्सेटारस्थित दानावारी–बेल्टार खानेपानी आयोजनाको निर्माणाधीन ट्याङ्कीका कामदार बुद्धशान्ति-१ बस्ने २९ वर्षीय अजय ल्वागुन र सोही ठाउँ बस्ने ३० वर्षीय राजु घतानीबीच विवाद भएको थियो ।
दुवै जना सोही ट्याङकी छेउमा रहेको क्वाटरको भान्सा घरभित्र मादक पदार्थ सेवन गरिरहेको अवस्थामा एक आपसमा विवाद भई ल्वागुनले घतानीलाई धकेल्दा भान्साको भित्तामा राखेको स्टिलको चक्कुमा लागेको थियो ।
कुमको पछाडीको भागमा घोची घाइते भएका घतानीलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । कुटपिट गर्ने ल्वागुनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।