२०८२ साउन १, बिहिवार , १०:०३:२८ बजे

Sajhamanch
'

आज एमालेको सचिवालय बैठक

बिहिवार, साउन १, २०८२

काठमाडौं । विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।

 प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज दिउँसो १ बजे केन्द्रीय कार्यलय च्यासलमा बैठक बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौत्मले जानकारी दिनुभयो ।

गौतमक अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरुमा व्यापक छलफल र निर्णयहरु हुनेछन् ।

खासगरी विधान संसोधनको प्रस्तावका खाकाहरु आजको बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रष्तुत गर्नुहुनेछ ।

पौडेललाई यस अघि नै विधान संसोधन समितिको संयोजक तोकिएको थियो ।

आजको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिवल शंकर पोखरेलले प्रस्तुत गर्ने साँगठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने गौतमले जानकारी दिनुभयो ।

आजको बैठकले भोलि साउन २ गते बस्ने पार्टी पोलिटव्यूरोको र साउन पाँच गते बस्ने केन्द्रीय कमिटीका कार्यसुची पनि तय गर्ने छ ।

 यसैगरी सरकारको एक वर्षे कार्यकालको समीक्षा पनि आजको बैठकको कार्यसूची रहेको गौतमले जानकारी दिनुभयो ।

सम्बन्धित खबर