२०८२ असार ३१, मङ्गलवार , १२:१४:५२ बजे

Sajhamanch
'

खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु

मङ्गलवार, असार ३१, २०८२

झापा । झापाको दमकमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय बालक रहेका छन् ।

प्रहरीका अनुसार दमक ९ स्थित टुकुरे र बेतनी खोलाको दोभानमा डुबेर दमक ९ का ११ वर्षीय रमन धिमालको मृत्यु भएको हो ।

पाणिनी माध्यमिक विद्यालय दमकमा कक्षा ६ मा अध्ययनरत रमन हिजो दिउँसोदेखि खोलामा डुबेर बेपत्ता भएका थिए ।

आज बिहान उनी मृत फेला परेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले बताउनु भयो ।

उहाँले घटनाबारे अनुसनधान भइरहेको जानकारी दिनु भएको छ।

मङ्गलवार, असार ३१, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर