
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
कर्पाेरेट कार्यालय मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश
प्रथमपटक प्रकाशित मितिः २०८२।३।३०
यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत तपसिलमा उल्लिखित सम्पत्तिहरुको आ.व. २०८२/०८३ का लागि बीमा गर्नुपर्ने भएको हुँदा इच्छुक बीमा कम्पनीहरुमा निम्न बुदाँहरुको सर्तमा रही कोटेसन आह्वान गरिन्छ ।
बीमाका क्षेत्रहरु :
सवारी बीमा : दुइपाङ्ग्रे– १०० भन्दा बढी, चारपाङ्ग्रे– २० भन्दा बढी
भवन तथा उद्योग बीमा : १२ वटा
व्यावसायिक मौज्दात बीमा : १७ वटा सहकारी पसलमा रहेको मौज्दात
सदस्य/निक्षेपकर्ता दुर्घटना बीमा : रु. १ लाखदेखि १० लाखसम्म, २० हजार जनाभन्दा बढी
पशुधन बीमा : १५० भन्दा बढी उन्नत जातका गाई
कृषि यन्त्र तथा उपकरणहरु : २० थान
बुँदाहरु :
१. सिलबन्दी कोटेसन पेस गर्ने कम्पनीले संस्थाको कर्पाेरेट कार्यालय, मेचीनगर–६, काँकरभिट्टामा सिलबन्दी पेस गर्नुपर्नेछ ।
२. इमेलमार्फत कोटेशन पेश गर्ने बीमा कम्पनीले संस्थाको आधिकारिक इमेल ठेगाना अयचउयचबतभयााष्अभ२लmअ।अययउ।लउ मा पठाउन सकिने छ ।
३. संस्थामा सूचीकृत नभएका कम्पनीहरुले कोटशन पेश गर्दा सूचीकरणका लागि आवश्यक कागजात (सूचीकरणका लागि निवेदन, आ.व. २०८०/०८१ को करचुक्ता, कम्पनी दर्ता, नवीकरण) पेश गराएर मात्र कोटेसन पेस गर्नु पर्नेछ ।
४. कोटेसन पेस गर्दा दररेट तथा सुविधाहरु स्पस्ट उल्लेख गर्नुपर्नेछ ।
५. कोटेसन स्वीकृत गर्दा संस्थाले सबै क्षेत्रको बीमाका लागि एउटै कम्पनी छनोट गर्न वा फरक फरक कम्पनी छनोट गर्न सक्नेछ ।
६. कोटेसन पेस गर्दा संस्थाले प्राप्त गर्ने थप सेवा सुविधाहरु भएमा स्पष्ट खुलाई पठाउन सकिनेछ ।
७. कोटेसन पेस गर्ने अन्तिम मिति २०८२ साउन ७ गते बुधबार कार्यालय समयसम्म तोकिएको छ ।
८. प्राप्त कोटेसनहरुमध्ये स्वीकार गर्ने/नगर्ने, स्वीकृत गर्ने/नगर्ने वा स्थगन गर्नेजस्ता सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ ।
थप जानकारीका लागि मोवाइल नं. ९८५२६८९६५०
– कर्पाेरेट कार्यालय