
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका ९ मा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभएको हो ।
उहाँका अनुसार एकजना घाइतेको अवस्था गम्भीर र अन्यको सामान्य छ । ‘धेरैजसो घाइते डिस्चार्ज हुने प्रक्रियामा छन्,’ अधिकारीले भन्नुभयो ।
घाइतेहरुको कपिलवस्तु र रुपन्देहीका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।