
झापा । झापाको मेचीनगरमा पैनीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
गएराति ८ः३५ बजे मेचीनगर नगरपालिका ५ सिताराम टोलका ३७ वर्षीय उत्तम सुब्बा घरदेखि ३०० मिटर दक्षिणमा रहेको पैनीमा डुबेको अबस्थामा मृत फेला परेका हुन् ।
घटनाबारे जानकारी प्राप्त भएपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएको छ ।