
सुनसरी । बारीमा घाँस काट्न गएकी एक महिलालाई विषालु सर्पले डस्दा मृत्यु भएको छ । सर्पले डस्दा सुनसरीको देवानगंज १ मध्याहर्षाही बस्ने ५५ वर्षीया कल्सी मेहताको मृत्यु भएको हो ।
मंगलबार साँझ ६ः३० बजेको समयमा मेहता बारीमा घाँस काट्न जाने क्रममा उनलाई सर्पले टोकेको थियो । मेहतालाई अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।