
मेचीनगर । मेचीनगर नगरपालिकाले अति न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडान गरिदिने भएको छ ।
मेचीनगर नगरपालिकाको भर्खरै सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडान गरिदिने उल्लेख छ ।
नगरपालिकाले न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडानका लागि ४७ लाख ५० हजार रुपैयाँ बजेटमा छुट्टाएको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यसअघि बाहुनडाँगीमा आयोजित एक कार्यक्रममा खानेपानीको धारा जडान गर्न नसक्ने अति विपन्न परिवारलाई निःशुल्क धारा जोडिदिने घोषणा गर्नुभएको थियो ।
सोही अनुरुप यसपटक बजेट उक्त कुरालाई सम्बोधन गरिएको हो । उहाँले खानेपानी संस्थाहरुसँगको सहकार्यमा अति विपन्न परिवारको कार्यविधि बनाएर धारा जडान गरिने जानकारी दिनुभएको छ ।