
झापा । बिर्तामोडको बसपार्कस्थित खड्का फर्निचर उद्योगमा आगलागी भएको छ ।
अर्जुनधारा नगरपालिका– ११ बसपार्क बस्ने मोतीबहादुर खड्काले आफ्नो टिनको छानो, टिनको घेराबारा भएको एकतले घरमा सञ्चालन गरेको फर्निचर उद्योगमा मध्यरातमा विद्युत् सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट फर्निचरमा रहेको काठ चिर्ने मेसिन र काठपातहरु पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १२ लाख बराबरको धनमाल क्षति भएको छ ।
अस्थायी प्रहरी पोस्ट बसपार्कमा जानकारी प्राप्त हुनासाथ खटिएका प्रहरी,बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयहरूको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ