
झापा । मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने दुई युवा पक्राउ परेका छन् । हिजो साँझ ५ बजे नेपाल भारतको सीमा क्षेत्र काँकडभिट्टाको पुरानो मेची पुलमा सिटी सफारीमा आउँदै गरेका कनकाई-३ बस्ने २७ वर्षीय निर्मल विश्वकर्मा र मोरङ मिक्लाजुङ-४ बस्ने २० वर्षीय शिशिर लिम्बूमाथि शंका लागेर शरीर तलासी लिने क्रममा दुई जनाको मलद्वारबाट १/१ वटा पोका फेला परेको थियो ।
उक्त पोकालाई खोली हेर्दा विश्वकर्माको साथबाट प्लास्टिकसहित १ ग्राम ३४ मिलिग्राम र लिम्बूको साथबाट प्लास्टिकसहित १ ग्राम ३४ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । दुवैलाई लागू औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।