२०८२ असार १२, बिहिवार , १२:२०:५४ बजे

Sajhamanch
'

भद्रपुरमा नातिबाट हजुरआमामाथि खुकुरी प्रहार

बिहिवार, असार १२, २०८२

झापा । झापाको भद्रपुरमा पैसा नपाएको रिसमा नातिले आफ्नै हजुरआमामाथि खुकुरी प्रहार गरेका छन्।

भद्रपुर नगरपालिका–१०, सत्र बिगेमा बसोबास गर्ने २७ वर्षीय महेश सुबेदीले आज बिहान करिब ५ बजे आफ्नी ७२ वर्षीया हजुरआमा थिनमाया सुबेदीमाथि खुकुरी आक्रमण गरेका हुन्।

उनी थिनमायाको घरमा पैसा माग्न गएका थिए। तर हजुरआमाले पैसा दिन अस्वीकार गरेपछि महेशले खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ।

एक्लै बस्दै आएकी थिनमायाको चिउडोमा गम्भीर चोट लागेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको छ।

आक्रमणपछि महेश घटनास्थलबाट फरार भएका छन्। उनको खोजीका लागि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको छ।

सम्बन्धित खबर