२०८२ असार ९, सोमवार , १०:५४:१३ बजे

Sajhamanch
'

झापामा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ

सोमवार, असार ९, २०८२

झापा । झापामा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । जिल्लाको हल्दिवारी, कचनकवल र झापा गाउँपालिकामा भएका छुट्टाछुट्टै जबरजस्ती करणीका घटनामा संलग्न तीनजना पक्राउ परेका हुन् ।

सुस्त मनस्थिति भएकी २६ वर्षीया युवतीलाई जबरजस्ती करणी गरी २० हप्ताको गर्भ बोकाउने हल्दिवारी गाउँपालिका-२ बस्ने ७३ वर्षीय वृद्ध मेदनीप्रसाद चापागाईँ पक्राउ परेका छन् । उनले गत माघ महिनादेखि पटक पटक जबरजस्ती करणी गर्ने गरेको उजुरी परेको हो ।

त्यस्तै एक २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कचनकवल गाउँपालिका-६ पल्लावारि बस्ने २३ वर्षीय डी कुमार भन्ने हरदेव यादव पक्राउ परेका छन् ।

उनले पीडितकै घरभित्र पसी जबरजस्ती करणी गरेको आरोप लागेको हो । त्यस्तै आफ्नै ६५ वर्षीया सासू आमालाई जबरजस्ती करणी गरेको आरोपमा झापा गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।

सम्बन्धित खबर