२०८२ असार ५, बिहिवार , ०१:१८:१७ बजे

Sajhamanch
'

शौचालयमा लडेर झापाको हल्दिवारीमा एकजनाको मृत्यु

बिहिवार, असार ५, २०८२

झापा । शौचालयमा लडेर झापाको हल्दिवारीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका-४ ऐनावारिका ४९ वर्षीय अमनलाल मेचे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान साढे ७ बजेको समयमा मेचे शौचालयमा लडेको देखेपछि आफन्तजनले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएका थिए । अस्पतालका चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । घटनको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित खबर