
झापा । झापाको बिर्तामोडबाट लागूऔषधका दुईजना फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-७ बस्ने १८ वर्षीया शर्मिला लिम्बू र बिर्तामोड-२ बस्ने २४ वर्षीय भूपेन्द्रसिंह राजवंशी रहेका छन् ।
झापा जिल्ला अदालतको २०६३ मंसिर २० गतेको फैसलाले १ महिना कैद भएको गर्भपतन मुद्दा र जिल्ला अदालतकै २०६६ जेठ ७ गतेको फैसलाले १ महिना ७ दिन कैद सजाय तोकिएकी लागूऔषध मुद्दामा शर्मिला लिम्बू फरार भएकी थिइन् ।
त्यस्तै जिल्ला अदालतको २०६६ जेठ ७ गतेको फैसलाले १ महिना ७ दिन कैद सजाय तोकिएका लागूऔषध मुद्दामा राजवंशी पनि फरार भएका थिए । हिजो दिउँसो ४ः१५ बजे बिर्तामोड २ चारपानेबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।