
झापा । चिनीको झोलाभित्र ब्राउन सुगर ल्याउने झापा कनकाईका एक युवक पक्राउ परेका छन् । कनकाई नगरपालिका-४ सुरुङगा बस्ने ३३ वर्षीय सञ्जित सिवा दर्जी पक्राउ परेका हुन् ।
सोमबार बिहान ११ बजे मेचीनगर –६ काँकडभिट्टास्थित मेची पुलमा भारतबाट सिटी सफारीमा आउँदै गरेका दर्जीलाई शङ्कास्पद अवस्थामा फेला पारी शरीर तलासी लिने क्रममा झोलाभित्र चिनीमा प्याक गरेको प्लास्टिकको पोका खोली हेर्दा प्लास्टिकसहित २२ ग्राम ५७० मिलिग्राम र प्लास्टिकबाहेक २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उक्त लागू औषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।