
झापा । नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका मेचीनगर नगरपालिका-४ का ३० वर्षीय प्रेम लिम्बू पक्राउ परेका छन् ।
हिजो बिहान ९ बजे मेचीनगर १० बजार क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारी र अस्थायी प्रहरी पोस्ट मङ्गलबारेको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी इप्रका धुलाबारीमा राखिएको छ ।
जेठ २१ गते राति ९ः३० बजे बुद्धशान्ति-४ मङ्गलबारेमा १६ वर्षीया नाबालिकालाई लिम्बूले ललाई फकाई जबरजस्ती करणी गरी फरार भएका थिए ।