२०८२ जेठ ३१, शनिवार , ०५:२६:३१ बजे

Sajhamanch
'

रक्तदाता दिवसमा प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको रक्तदान

शनिवार, जेठ ३१, २०८२
  • उमानाथ भण्डारी

कमल । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन, १४ जुनको अवसर पारेर हरेक वर्ष रक्तदाता दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

सोही सन्दर्भमा आज प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ झापा र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन कोशी प्रदेशको आयोजनाा तथा नेकपा (माओवादी केन्द्र) दमकको संयोजनमा रक्तदान कार्यक्रम गरिएको छ ।

कमल ५ पाडाजुँगीमा भएको रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले गरेको थियो । सो कार्यक्रममा ४० जनाले रगत दान गरेका थिए ।

सो अवसरमा हालसम्म १०८ पटक रगत दान गर्ने दमकका शंकर बस्नेत (तीर्थ) लागायत रक्तदाताहरुलाई सम्मान पनि गरिएको थियो ।

रगत अभावका कारण उपचार नपाएर मानिसको मृत्यु नहोस् भन्ने उद्देश्यले रगत दान सुरु गरिएको हो । महासंघले झापामा पहिलो पटक रगतदान गर्ने कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा मन्तब्य राख्दै प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश ईन्चार्ज अन्जना पोखरेलले रगत अभाव भएर कुनै पनि मानिसको अकाल मै मृत्यु नहोस् भनेर नै हामीले देशभर यस्ता कार्यक्रम गर्ने गरेको बताइन् ।

प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ झापाका अध्यक्ष श्यामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम राष्ट्रिय प्रगतिशिल कर्मचारी संगठन कोशी प्रदेश कोषाध्यक्ष विष्णु श्रेष्ठले सञ्चालन गरेका थिए भने उपाध्यक्ष पिताम्बर भण्डारीले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर