२०८२ जेठ २६, सोमवार , ११:०९:५३ बजे

Sajhamanch
'

मेचीनगरमा कार र सिटी रिक्सा ठोक्किँदा चारजना गम्भीर घाइते

सोमवार, जेठ २६, २०८२

झापा । झापाको मेचीनगरमा कार र सिटी रिक्सा ठोक्किँदा चारजना गम्भीर घाइते भएका छन् ।

गएराति ११ः१५ बजे मेचीनगर नगरपालिका-७ पालिया पुलस्थित पूर्वपश्चिम राजमार्गमा धुलाबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको डब्लुबी ७४ एएक्स ७८२८ नम्बरको भारतीय कारले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं.१–०१–००१ ह.८०९१ नम्बरको सिटीलाई ठक्कर दिएको हो । सिटीलाई ठक्कर दिएसँगै सो कार पालिया पुलको दक्षिण साइडको रेलिङ समेतमा ठोक्किएको थियो ।

दुर्घटनामा कार चालक मेचीनगर-६ बस्ने २८ वर्षीय राजु राजवंशी ,सिटी चालक मेचीनगर-७ बस्ने ३५ वर्षीय वीरेन्द्र सरदार, सिटीमा सवार सोही ठाउँ बस्ने ३१ वर्षीय सुशील राजवंशी र ३० वर्षीय बिगेन राजवंशी घाइते भएका छन् । चार जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । कार र सिटी घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर