२०८२ जेठ २३, शुक्रवार , ०८:४०:५० बजे

Sajhamanch
'

अनेमसंघ झापा क्षेत्र नं. ४ मा नयाँ नेतृत्व सर्वसम्मत

शुक्रवार, जेठ २३, २०८२

शिवसताक्षी । अखिल नेपाल महिला संघ क्षेत्र नं. ४ को अध्यक्षमा मेरिना कार्की सर्वसम्मत चयन भएकी छिन् । शिवसताक्षीको दूधेमा आज भएको दोस्रो क्षेत्रीय सम्मेलनबाट दुई वर्षे कार्यकालका लागि कार्की सर्वसम्मत चयन भएकी हुन् ।

कमिटीको उपाध्यक्षद्वयमा विन्दा पौडेल, मन्दिरा पाठक, सचिवमा मञ्जु सापकोटा, सहसचिवमा उमा माझी, कोषाध्यक्षमा अम्बिका शिवाकोटी सर्वसम्मत चयन भएको अनेम संघ जिल्ला कमिटी सचिव कोपिला चम्लागाईँले जानकारी दिइन् ।

त्यस्तै सदस्यहरुमा विखमाया कार्की, विमला लुईंटेल, सन्तकुमारी मुखिया, धनकुमारी कार्की, प्रिती भारती, तारादेवी विश्वकर्मा, उमा रिजाल रहेका छन् ।

समावेशी तर्फबाट मुस्लिम सदस्यमा रजिया खातुन, दलित सदस्यमा रिना दर्नाल, जानजातिमा मनमाया तामाङ्ग, युवामा खुस्बु सिग्देल र चन्द्रावती ताजपुरिया रहेका छन् । क्षेत्रीय कमिटीको २१ जनाको सदस्यहरुमा क्षेत्रगत हिसाबमा मिलाएर नयाँ कमिटीले मनोनित गर्ने जनाइएको छ ।

कार्यक्रमम प्रमुख अतिथि अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्लेले आफू जिम्मेवारीमा नरहँदा संगठन कमजोर हुन्छ भन्ने भावना त्याग्नु पर्ने बताइन् ।

झापा जिल्लाले केन्द्रमा नेतृत्व गर्र्न क्षमता राख्ने व्यक्ति संगठनमा उत्पादन गर्नुपर्ने विषयमा उनको जोड थियो ।

सम्मेलनमा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अम्बिका खवास, अखिल नेपाल महिला संघ झापाका अध्यक्ष लीला दाहाल, नेकपा एमाले प्रदेश कमिटी सदस्य चन्द्रक्ुमार सेर्मा, गजेन्द्र ताम्ली, नेकपा एमाले क्षेत्रीय संयोजक धनबहादुर थेवे, नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष मेदनी दंगाल, नेकपा एमाले झापा गाउँपालिका अध्यक्ष मोहन घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

सम्मेलनमा निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सल्लाहकार भोजकुमारी नेपालले बधाई ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन जिल्ला सचिव कोपिला चम्लागाईंले गरेकी थिइन् ।

सम्बन्धित खबर