२०८२ जेठ ११, आइतवार , ०२:३०:२७ बजे

Sajhamanch
'

प्राचिन बाल्मिकी आश्रम तथा सिमसार क्षेत्र संरक्षण समितिको नेतृत्व सर्वसम्मत चयन

आइतवार, जेठ ११, २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित प्राचीन बाल्मिकी आश्रम तथा सिमसार क्षेत्र संरक्षण समितिको शनिबार भएको तेस्रो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।

आगामी दुई वर्षे कार्यकालका लागि कुमार खतिवडाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा सागर चापागाईं, सचिवमा मधुसुधन अधिकारी, सहसचिवमा मेघराज चापागाई र कोषाध्यक्षमा शुशिला न्यौपाने चयन भएका छन् ।

प्राचीन बाल्मिकी आश्रम तथा सिमसार क्षेत्र संरक्षण समितिका सदस्यहरुमा बेधनिधि पौडेल, नर्वदा दाहाल, दुर्गा बानियाँ र गौरा चागागाई सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक हिमप्रसाद दाहालले जानकारी दिए ।

अध्यक्ष चक्रबहादुर गुरुङको अध्यक्षतमा भएको तेस्रो साधारण सभाका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले नव निर्वाचित समितिलाई बधाई व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरे ।

आफ्नो मन्तब्यमा उनले कमल गाउँपालिकामा भएका सिमसार क्षेत्रमध्ये बाल्मिकी आश्रम तथा सिमसार क्षेत्र पालिकाको प्राथमिकतामा रहेकोले पालिकाको तर्फबाट संरक्षण र प्रबद्र्धन गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सो अवसरमा समाजसेबव राजनबहादुर ढुङ्गाना, निवर्तमन अध्यक्ष चक्रबहादुर गुरुङ लगायतले नव निर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

समितिका सचिव मधुसुधन अधिकारीले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित पाहुना तथा सहभागीहरुलाई उपाध्यक्ष कुमार खतिवडाले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर