२०८२ जेठ ११, आइतवार , ०१:१६:४१ बजे

Sajhamanch
'

सुनको भाउ १४०० रुपैयाँले बढ्यो

आइतवार, जेठ ११, २०८२

काठमाडौं । सुनको भाउ आज एक हजार ४०० रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार ४०० रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिनयता सुनको भाउमा उतारचढाव हुँदै आएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदीको भाउ अस्तिजस्तै तोलामा दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

आइतवार, जेठ ११, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर