२०८२ जेठ ८, बुधवार , ११:३९:४६ बजे

Sajhamanch
'

सुनको भाउ एकैदिन तोलामा पाँच हजार रुपैयाँले बढ्यो

बुधवार, जेठ ८, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच हजार रुपैयाँले बढेर एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर एक हजार ९९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९४० रुपैयाँ कायम भएको थियो ।