२०८२ जेठ १, बुधवार , १२:५३:१७ बजे

Sajhamanch
'

अदुवा खोलामा तटवन्धन हुँदै

बुधवार, जेठ १, २०८२

झापा ।  बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित अदुवा खोलामा धमाधम तटबन्धन भईरहेको छ । बिर्ताबजार पश्चिम पुलको उत्तर भागमा ४४ मिटर क्षेत्रफलमा तटवन्धन कार्य भईरहेको हो ।

जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको ३० लाख रुपैयाँ बजेटमा उपभोक्ता समिति मार्फत काम भईरहेको वडा नम्बर ३ का वडासदस्य हरि बाँस्कोटाले जानकारी दिए। यसमा ५ प्रतिशत उपभोक्ताकोसमेत श्रमदान रहनेछ ।

तटवन्धनले कटानको समस्या हलहुनकासाथै छठ पुजास्थलसमेत व्यवस्थित हुने वडाअध्यक्ष मदन बुढाथोकीले बताए।

वडा नम्बर १ र ५ को सिमानामा रहेको धिमाल टोल नजिकैको अदुवा खोला किनारमा पनि तटवन्धन कार्य धमाधम भईरहेको छ । ३० लाख रुपैयाँ बजेटमा उपभोक्ता समिति मार्फत नै ६६ मिटर क्षेत्रमा तटवन्धन भईरहेको हो ।

उक्त योजनाको गत बैशाख २४ गते नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिलान्यास गरेकी थिइन्। बिर्तामोड नगरपालिकामा संघ, प्रदेश र नगरको गरि २ अर्ब भन्दा बढिका विभिन्न योजनाहरु सञ्चालमा छन् ।

सम्बन्धित खबर