२०८२ वैशाख २९, सोमवार , ०८:१९:३१ बजे

Sajhamanch
'

किरात सुमदायको उभौली पर्व आज

सोमवार, वैशाख २९, २०८२

काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका अवसरमा किरात राई समुदायले उभौली पर्व मनाउँदैछ। गर्मी बढेसँगै यो समुदायका मानिस बेसीबाट लेकतिर ‘उँभो लाग्ने’ भएकाले पनि यसको नाम उभौली रहेको बताइन्छ।भूमेस्थानमा पूजा आराधना गरी यो पर्व मनाइन्छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। उँयो पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ। यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ। विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ।

किरात समुदायमा पनि एकथरीले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउँछन्।

सम्बन्धित खबर