२०८२ वैशाख २१, आइतवार , ०८:२६:११ बजे

Sajhamanch
'

झापा गोल्डकपका अध्यक्ष गिरीद्वारा ‘व्यवसायी सदस्य राहत कोष’मा ५१ हजार सहयोग

आइतवार, वैशाख २१, २०८२

बिर्तामोड । झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि ५१ हजार १०० रुपैयाँ प्रदान गरेका छन् ।

व्यवसायीको हितका लागि स्थापना गरिएको कोषको प्रशंसा गर्दै उनले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका हुन् । आज वैशाख २१ गते व्यवसायी गिरीको जन्म दिन हो ।

संघले आपत विपतमा परेका व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले एक करोड रुपैयाँको कोष स्थापना गर्ने लक्ष्य लिएको छ । सो कोषमा एक करोड रुपैयाँ नपुगुन्जेल आफ्नो जन्म दिनमा ५१ हजार १०० रुपैयाँ सहयोग गरिरहने अध्यक्ष गिरीले बताए ।

कञ्चन निर्माण सेवाका सञ्चालक गिरी सामाजिक क्षेत्रमा सक्रिय छन् । उनले वाणिज्य संघमा आफ्नो जन्मदिन मनाउँदै अरुलाई समेत सहयोग पुर्याउन आग्रह गरे ।

सो अवसरमा अध्यक्ष गिरीलाई वाणिज्य संघले कदर पत्रसहित सम्मान गरेको छ । संघका अध्यक्ष न्यौपाने, व्यवसायी सदस्य राहत कोषका संयोजक राजकुमार घिमिरे (राजु), संघका महासचिव कुशल खतिवडाले सो सम्मान संयुक्त रुपमा प्रदान गरेका हुन् ।

सम्बन्धित खबर