२०८२ वैशाख २१, आइतवार , ०९:२४:१७ बजे

Sajhamanch
'

अविरल वर्षाले कान्ति लोकपथ अवरुद्ध

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ अविरल वर्षाका कारण अवरुद्ध भएको छ।वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका(२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि आइतबारबिहान ६ः०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो। अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

सम्बन्धित खबर