
दैलेख। दैलेखमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।हिजो बेलुका घरमै परेको चट्याङ्ग लागेर एकै परिवारका चार जना घाइते भएका र उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा दशरथको ज्यान गएको प्रहरीले जनाएको छ ।
चट्याङ्ग लागेर घाइते हुनुभएकी दशरथकी श्रीमती २७ वर्षीया विपना चन्द, ११ वर्षकी छोरी र तीन वर्षका छोराको दैलेख अस्पतालमा उपचार गरिएको छ ।