२०८२ वैशाख १७, बुधवार , ०९:१७:४० बजे

Sajhamanch
'

झापामा ९ महिनामा १७ हनार २३४ युनिट रगत वितरण

बुधवार, वैशाख १७, २०८२

झापा । नेपाल रेडक्रस सोसाइटी रक्तसचार सेवा झापाले चालू आर्थिक वर्षको चैत मसान्त सम्ममा १६ हजार ३२५ युनिट रगत सङ्कलन गरेको छ भने सोही अवधिमा १७ हजार २३४ युनिट रगत बिरामीलाई वितरण गरेको पाइएको छ ।

झापाको भद्रपुर, बिर्तामोड र दमकमा सञ्चालित रक्तसंचार केन्द्र मार्फत उक्त युनिट रगत संकलन र बिरामीलाई वितरण गरिएको रक्तसंचार सेवा केन्द्र झापाले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले रेडक्रस भवन भद्रपुर बिर्तामोड र बिएन्डसी मेडिकल कलेजमा गरी तीन ठाउँमा रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको छ । दमक उपशाखाले उपशाखा भवन, लाइफ लाइफलाइन अस्पताल र आम्दा अस्पतालमा रक्तसंचार सेवा सञ्चालन गर्दै आएको छ।

रक्त सञ्चार सेवा केन्द्र झापा मार्फत गत साउनदेखि चैत मसान्त सम्ममा १० हजार २९६ युनिट रगत सङ्कलन गरेको छ भने सोही अवधिमा ११ हजार ४९० युनिट रगत वितरण गरेको जिल्ला शाखा झापाका प्रमुख हरिशरण खड्काले जानकारी दिए ।

त्यसैगरी दमकमा सञ्चालित रक्त सञ्चार केन्द्र मार्फत सोही अवधिमा ६ हजार २९ युनिट रगत सङ्कलन भएको र ५ हजार ७७४ युनिट रगत बिरामीको लागि वितरण गरिएको रक्तसंचार दमक इन्चार्ज ओमा श्रेष्ठले जानकारी दिएकी छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले २०३९ सालदेखि रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । दमक उपशाखा मार्फत २०५३ सालदेखि रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरिँदै आएको छ।

झापामा सञ्चालित ६ वटा रक्तसंचार सेवा केन्द्रमा २६ जना प्राविधिकहरूले काम गर्दै आएका छन्।

सम्बन्धित खबर