
शिवसताक्षी । झापाको शिवसताक्षीबाट दुई जना सडक मानवलाई उद्धार गरी मानव सेवा आश्रम पठाइएको छ ।
शिवसताक्षी वडा नं. ११ स्थित दुधे बजारबाट आज वेवारिसे दुई जना सडक मानवलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मावन सेवा आश्रम काँकरभिटा पठाएको हो ।
दूधे बजारमा गएको तीन दिनदेखि बस्दै आएका भारतीय मुलका एक जना युवक र गएको एक महिनादेखि दूधेको पश्चिम बस स्टेण्डमा बस्दै आएकी एक युवतीलाई शिवसताक्षी नगरपालिकाल, वडा नं. ११ को कार्यालय र इलाका प्रहरी कार्यालय झिलभिलेको सहयोगमा मानव सेवा आश्रम काँकरभिट्टा पठाइएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् । शिवसताक्षीको दूधेबजारबाट दुई वेवरिसे मानवलाई शिवसताक्षी नगरपालिकाको गाडीमा आश्रममा पठाइएको थियो ।
शिवसताक्षी नगरपालिकाकी उपप्रमुख कार्कीले नगरले नगर भित्र आएका वेवारिसे मानवलाई यस अघि पनि इटहरीको मायाघर, विराटनगरको मानव सेवा आश्रम लगायतका स्थानहरुमा आश्रमलाई सम्पर्क गरेर पठाउने गरेको जानकारी दिइन् ।
केही यहाँबाट आश्रम लगेका वेवारिसे मानिसहरु आश्रममा पु्याएपछि भागेको समेत पाइएको बताइन् । केही मानसिक सन्तुलन गुमाएका मानिसहरु मानव आश्रम पुर्याएपछि औषधि उपचारबाट ठिक पनि भएकोे भनाई छ । बेवारिसे मानव उद्धार गर्न स्थानीय बजारबासीले पनि सहयोग गरेका थिए ।