२०८२ वैशाख १६, मङ्गलवार , १०:४७:०५ बजे

Sajhamanch
'

बिर्तामोडमा घरको ढोका फोडेर २९ लाख बराबरको धनमाल चोरी

मङ्गलवार, वैशाख १६, २०८२

झापा । झापाको बिर्तामोडमा दिनदहाडैघरको ढोका फोडेर २९ लाख बराबरको धनमाल चोरी भएको छ । सोमबार दिउँसो बिर्तामोड नगरपालिका-४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा कोही नभएको बेला दुईतले घरको पहिलो तलाको मूल ढोकाको चाबी फुटाई चोरी भएको हो ।

दराजमा रहेको नगद ७० हजार , सुनको ढिक अन्दाजी ५ तोला,सुनको हातमा लगाउने ब्रासलेट १ थान,सुनको सिक्री थान २ गरी जम्मा ५ तोला , औँठी थान २, चन्द्रमा ४ आनी ,सुनको हार ५ तोला ४ आनी गरी जम्मा सुन १५ तोला ४ आनी गरी अन्दाजी २९ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित खबर