
झापा । झापामा विषालु सर्पको डसाईबाट एकजनाको मृत्यु भएको छ । शनिबार साँझ विषालु सर्प सेतो गोमनको डसाईबाट बिर्तामोड नगरपालिका-७ भुसावारी बस्ने अन्दाजी ४८ वर्षीय सजनलाल राजवंशीको मृत्यु भएको हो ।
घरनजिकै पूजा गर्ने क्रममा झाडीमा उनलाई सर्पले डसेको थियो । घाइते राजवंशीलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ सम्भव नभएपछि बीएण्डसी अस्पताल पुराउँदा उनको मृत्यु भइसकेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिएका छन् ।