२०८२ मंसिर १३, शुक्रवार , ०१:०७:१९ बजे

Sajhamanch
'

तापक्रम बढ्ने क्रममा, तराईमा तातो हावाको लहर

शनिवार, वैशाख १३, २०८२

काठमाडौं । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना छ। राति पनि यही क्रम रहने अनुमान छ।

देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा तातो हावाको लहरको समेत सम्भावना रहेको हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित खबर

आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२
आजको मौसम
बिहिवार, मंसिर १२, २०८२