
झापा । आवासीय चिकित्सकलाई सरकारी आठौँ तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनलाई लिएर नेपाल चिकित्सक संघ (एनएमए) को आव्हानमा ओपिडी (बाहिरंग विभाग) बन्द गरिएको छ ।
शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा सहभागी जनाउन प्रादेशिक अस्पताल भद्रपुरमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अफिसरहरूले प्लेकार्ड बोकेर ऐक्यबद्धता जनाएका छन् । माग पुरा नभएसम्म आन्दोलन नरोकिने अस्पतालका सर्जन डा। बिनेश झाले बताए ।