
झापा । झापाको मेचीनगरमा धारिलो हतियार सिक्कल प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।
मेचीनगर नगरपालिका-१४ धाइजन बस्ने ३१ वर्षीया पूजा खरेललाई बुधवार साँझ ७ बजेतिर वडा नं.१५ बस्ने अन्दाजी ५० वर्षीय लालबहादुर राजवंशीले मादक पदार्थ सेवन गरी एक्कासि सिक्कल प्रहार गरेका थिए ।
घाइतेलाई चारआलीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । हतियार प्रहार गर्ने राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।