२०८२ वैशाख ८, सोमवार , ०४:४४:२५ बजे

Sajhamanch
'

सर्पले टोक्दा बालकको मृत्यु

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । कैलालीमा सर्पदंशबाट घाइते एक बालकको मृत्यु भएको छ।

सोमबार टिकापुर नगरपालिका- १ एकतानगरका निरज बिकका छोरा पाँच वर्षीय लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।आँगनमा खेलिरहेको अवस्थामा सर्पले खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहरालेबताए । उनको शव अहिले परीक्षणका लागि अस्पतालमै राखिएको छ।

सम्बन्धित खबर