२०८१ चैत २५, सोमवार , ०२:५२:५२ बजे

Sajhamanch
'

कचनकवलमा कुकुरले टोक्दा सातजना घाइते

सोमवार, चैत २५, २०८१

झापा । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ६ बनियानीमा कुकुरको टोकाइबाट सातजना घाइते भएका छन् । त्यस्तै, केही चौपाया पनि आक्रमणको शिकार बनेका छन् ।

स्थानीयका अनुसार कालो रङको एक कुकुरले हिजो दिनभर विभिन्न व्यक्तिहरूलाई आक्रमण गरेको हो । हालसम्म सातजना मानिस घाइते भएका छन् भने गाई–बाख्रालाई समेत टोकेको जानकारी छ ।

घाइतेहरूको प्रारम्भिक उपचारका लागि बनियानीस्थित स्वास्थ्य केन्द्रमा लगिएको भए पनि रेबिज खोपको अभावका कारण उनीहरूलाई भद्रपुरस्थित प्रादेशिक अस्पतालमा स्थानान्तरण गरिएको छ ।

त्यहाँ पनि खोप अभाव देखिएपछि केहीले निजी अस्पताल/क्लिनिकमा गएर खोप लगाइरहेका छन् ।

सम्बन्धित खबर