
झापा । भारतबाट लागूऔषध ब्राउनसुगर ल्याउँदै गर्दा हिजो साँझ भद्रपुरको मेची पुलमा दुईजना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा मोटरसाइकल चालक इलाम माई नगरपालिका ५ बस्ने ३३ वर्षीय भुपेन्द्र लावती र मोटरसाइकलमा पछाडि सवार बिर्तामोडका २३ वर्षीय राजीव चौधरी रहेका छन् ।
साँझ ६ः४५ बजे भद्रपुर नगरपालिका ५ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ६ प ९९७७ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक लावती र पछाडि सवार चौधरीले लुकाएर ल्याउँदै गरेको प्लाष्टिकसहित ९ ग्राम १९ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
लागूऔषधसहित मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।