२०८१ चैत ५, मङ्गलवार , ११:२४:५६ बजे

Sajhamanch
'

भद्रपुर ६ मा एमालेको भानुटोल कमिटी गठन

मङ्गलवार, चैत ५, २०८१

भद्रपुर । नेकपा एमाले भद्रपुर ६ स्थित भानुटोमा भएको टोलस्तरीय भेलाले दुर्गा न्यौपानेको अध्यक्षतामा भानु टोल कमिटी गठन गरेको छ । सोमबार भएको भोलाले १९ सदस्यीय भानु टोल कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा निशा राई, सचिवमा मञ्जु राजवंशी, उपसचिवमा नेत्र चम्लागाई, आनन्द थापा सर्वसम्मत चयन भएका हुन् ।

उक्त कमिटीको सदस्यहरुमा सन्दिप सरकार, मिना मगर, मैहिनी ठाकुर, कल्पना बोगटी, सुमित्रादेवी ठकुरी, रोहित कटुवाल, सञ्जय यादव, टुनटुन देव, सविता थापा, ज्योति राई, कमला पाण्डे, तुलसा लिम्बू, रेणुका चम्लागाई निर्विरोध चयन भए ।

नेकपा एमाले भद्रपुर ६ नम्बर वडा कमिटीका सदस्य रणबहादुर ठकुरीको अध्यक्षता तथा एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार सदस्य माधव विद्रोहीको प्रमुख आतिथ्य थियो । सो भेलालाई एमालेको वडा केन्द्रित जरा अभियानका बारेमा सहजीकरण गरिएको थियो ।

भेलालाई नेकपा एमाले प्रदेश कमिटी सदस्य शिवकुमार राजभण्डारी, पूर्व वडाध्यक्ष तथा नगर कमिटीका सदस्य प्रेमबहादुर बरुवाल, नगर सदस्य तथा कार्यपालिका सदस्य प्रशंसा ठटालले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव सन्ध्या हाडाले गरेकी थिइन् ।