
भद्रपुर । नेकपा (एमाले)ले देशब्यापीरुपमा सञ्चालन गरेको वडाकेन्द्रित तीन महिने जरा अभियान अन्तरगत भद्रपुर वडा नम्बर ६ का टोलटोलमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
हिजो आइतबार कृष्ण टोलमा भएको भेलाले गणेश गुप्ताको अध्यक्षतामा कृष्ण टोल कमिटी गठन गरेको छ । एमाले भद्रपुर नगर कमिटी सदस्य प्रकाश शर्माको अध्यक्षतामा भएको भेलाले गुप्ताको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा मुुकेश चौधरी, सचिवमा दिनेश चौधरी, उपसचिवमा मिना विश्वास र लक्ष्मण कामती सर्वसम्मत चयन भएका छन् ।
कमिटीका सदस्यहरुमा पवन सहनी, सविता राय, शिला विश्वास, रामु सहनी र गोविन्द राय चयन भएका छन् । आवश्यकताका आधारमा सदस्यहरु बृद्धि गर्दै लैजाने अध्यक्ष गुप्ताले जानकारी दिएका छन् ।
भेलालाई नेकपा एमाले कोशी प्रदेश सल्लाहकार सदस्य माधव विद्रोही, एमाले झापा उपसचिव अशारु राजवंशी र नगर सचिव डिल्लीराम पोखरेलले जरा अभियानका बारेमा प्रकाश पारेका थिए ।
त्यसैगरी, भद्रपुर–६ कै माताटोलमा भएको अर्को भेलाले चन्द्र माझीको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरेको छ । हिजो आइतबार नै नेकपा एमाले भद्रपुर वडा नम्बर ६ का सदस्य दिलिप माझीको अध्यक्षतामा भएको भेलाले सो कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा ममता माझी, सचिवमा अर्जुन माझी, उपसचिव द्वयमा लविङ माझी र रुपाली माझी रहेका छन् । टोल कमिटीको सदस्यहरुमा सुकदेव माझी, गोमा माझी, कलुवा माझी, सुरेश माझी र शोभित माझीलाई सर्वसम्मत चयन भएका छन् ।
भेलामा एमाले कोशी प्रदेश कमिटी सल्लाहकार सदस्य माधव विद्रोही, नगर कमिटी सदस्य तथा पूर्व वडा अध्यक्ष प्रेमबहादुर बरुवाल तथा वडा सदस्य प्रकाश शर्माले जरा अभियानको प्रकाश पारेका थिए । दुईवटै भेलाको सञ्चालन वडा कमिटी सचिव सन्ध्या हाडाले गरेकी थिइन् ।